तिमी छाल, म किनार ( कविता ) नीता के.सी. । - Palpali Milan

Recent

02 May 2017

तिमी छाल, म किनार ( कविता ) नीता के.सी. ।




Nepali poet Neeta KC
सायद समुन्द्र हो जीवन
अनि म किनार - !
सायद समुन्द्र हो जीवन
अनि तिमी छाल - !

सायद समुन्द्र हो प्रेम
अनि म प्रेमीका
सायद छाल हो प्रेम
अनि तिमी साधीका



किनार र छाल हामी
क्षणिक नाता यो
किनार र छाल हामी
विछोड नै विछोड यो

विह्वल छु म
तिम्रो प्रतिक्षामा सधै
अघीर छु यो
तिम्रो मिलनमा सधै

छाल हौ तिमीलाई
फर्कनु पर्ने बाध्यता
किनार हुँ म
प्रतिक्षा गर्नु पर्ने विवशता

प्रतिक्षाको यही क्रममा
जीवन सिद्धिएको हेर्नु पर्ने मैले
प्रतिक्षाको यही क्रममा
मलामी रित्तिएको हेर्नु पर्ने मैले

तिम्रो प्रतिक्षामा
मुर्दाको साक्षी बने म
तिम्रो प्रतिक्षामा
मशानको कुर्ने लाक्षी बने म

तिमी छाल म किनार
तिमी चन्द्रमा म चकोर
हामी बिचको दुरी बन्यो
विवशताको यो पर्खाल - !!!


कवयत्री
नीता के.सी."भट्टराई"
लैनचौर - काठमाडौँ !!

Search